site stats
बाह्रखरी :: Baahrakhari
खेल
चेल्सीको पुनरागमन जितमा गालाघेरको दुई गोल 

काठमाडौं । कोनोर गालाघेरको दुई गोलप्रेरित चेल्सीले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्ध ३–१ को जित निकालेको छ । सोमबार राति सेलहस्र्ट पार्कमा सम्पन्न खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै चेल्सीले जित सुनिश्चित गरेको हो ।

खेलको ३०औँ मिनेटमा जेफरन लेर्माले गोल गर्दै घरेलु टिमलाई २५ हजार ११० समर्थकमाझ अग्रतामा राखेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाए पनि प्यालेसले त्यो लयलाई दोस्रो हाफमा कायम राख्न सकेन । 

४७औँ मिनेटमा कोनोर गालाघेरले गोल गर्दै माउरिसियो पोचेटिनोको प्रशिक्षणमा रहेको चेल्सीलाई खेलमा फर्काएका थिए । यसपछि इन्जुरी टाइमको पहिलो मिनेटमा गालाघेरकै गोलमा चेल्सीले २–१ को अग्रता बनायो । इन्जुरी टाइमको अन्तिम मिनेटमा अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजले गोल गरेपछि चेल्सीले ३–१ को पुनरागमन जित सुनिश्चित गरेको हो ।

जितसँगै २४ खेलबाट ३४ अंक जोडेको चेल्सी तालिकाको १०औँ स्थानमा छ । प्रिमियर लिगमा चेल्सीको यो १०औँ जित हो । समान खेलबाट २४ अंक जोडेको क्रिस्टर प्यालेस भने तालिकाको १५औँ स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu