site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमण पुनः देखियो

कास्की । गण्डकी प्रदेशमा  ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको संक्रमण पुनः देखिएको छ । सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने उक्त रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण फैलिँदै जाँदा ठूला तथा साना बंगुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको छ । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ । निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईका अनुसार पछिल्लो संक्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोखरामा १३ गरी कुल ११२ बंगुरको मृत्यु भएको छ ।

“अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक तथा उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोगविरुद्ध भ्याक्सिन उपलब्ध छैन”, महानिर्देशक भट्टराईले भने, “जैविक सुरक्षा एकमात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रित भएका छौँ ।”

गण्डकी प्रदेशमा गत वर्ष साउन २९ गते पहिलोपटक संक्रमण ‘आउटब्रेक’ भएको थियो । यस रोगका कारण प्रदेशमा हालसम्म १६ हजार ५५४ वटा बंगुर मरेको निर्देशनालयको तथ्यांक छ । 

कास्की जिल्लामा मात्र १५ हजार ३८८ वटा बङ्गुरको मृत्यु भएको छ । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले रोगका कारण किसानले रु ५० करोड हाराहारीमा क्षति व्यर्होनुपरेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro