site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा फ्युजमेसिन ‘एआई फेलोसिप २०२४’ को रजिस्ट्रेसन खुला

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का क्षेत्रमा काम गर्दै आएको कम्पनी फ्युजमेसिनले नेपालमा फेलोसिप सार्वजनिक गरेको छ ।

नेपालका समिर मास्केले स्थापना गरेको कम्पनी अमेरिकी सेयर बजार नास्ड्याकमा सूचीकृत हुँदैछ । अमेरिका आधारित फ्युजमेसिनको कम्पनी नेपालमा पनि छ । फ्युजमेसिन नेपालले ‘फ्युजमेसिन एआई फेलोसिप २०२४’ को रजिस्ट्रेसन खुला गरिएको बताएको हो ।

यो फेलोसिप कार्यक्रम प्रमुख अमेरिकी विश्वविद्यालयका संकाय र एआई उद्योगका विज्ञले निर्माण गरेको कम्पनीले जनाएको छ ।

फेलोसिपले एआई र डेटाका क्षेत्रमा उच्च स्तरीय जनशक्ति विकास गर्ने र फ्युजमेसिन्स स्वामित्वको माइक्रोडिग्री प्रदान गर्ने कम्पनीको भनाइ छ । फ्युजमेसिन्सका सीईओ र संस्थापक समीर मास्केले प्रत्येक वर्ष फेलोसिप प्रदान गर्दै आएको बताएका छन् ।

उनले यस वर्षको विशेष कार्यक्रमले विश्वमञ्चमै एआईका क्षेत्रमा उत्कृष्ट नेपाली प्रतिभा उत्पादन हुने विश्वास व्यक्त गरेका छन् । सन् २०१७ यता फ्युजमेसिनले विभिन्न १२ देशमा ८०० फेलोसिप प्रदान गरेको बताएको छ । फ्युजमेसिनको दक्षिण एसियाका प्रबन्ध निर्देशकले एआईमा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको बताएका छन् ।

यस्तोमा फ्युजमेसिनले यो फेलोसिपमार्फत ६ महिने एआई तालिम प्रदान गर्ने भएको हो । अधिकांश अनलाइनबाट उपलब्ध हुने तालिममा साप्ताहिक लाइभ लेक्चर र थप सिकाइका समावेश छ ।

फेलोसिपमा सहभागी हुनेहरूलाई एल्गोरिदम, लाइब्रेरी, फ्रेमवर्क र अत्याधुनिक कम्प्युटर भिजन, नेचुरल भाषा प्रशोधन एवं जेनेरेटिभ एआई प्रविधिको प्रयोग र कार्यान्वयन सिकाइने कम्पनीको भनाइ छ ।

यो फेलोसिप लिनेहरू एआईका क्षेत्रमा रोजगारी पाउन सक्षम हुने कम्पनीको विश्वास छ । फेलोसिपमा आवेदन दिनेहरू विभिन्न चरण पार गरेर छानिने र छात्रवृति प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

फेलोसिपका लागि मार्च १० सम्म आवेदन दिन सकिने र अप्रिल ८ देखि कक्षा सुरु हुने फ्युजमेसिनले जनाएको छ । 

आवेदन दिन एवं थप जानकारी प्राप्त गर्नका लागि 

https://fuse.ai/ai-fellowship/nepal/

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro