site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रफाहमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या एक सयभन्दा बढी 

गाजा । दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार एक सयभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको छ । 

सोमबार बिहान रफाह क्षेत्रमा इजरायली सेनाले करिब ४० वटा हवाई आक्रमणसहित जमिनमा गोलाबारी गरेको बताइएको छ । इजरायली सेनाले दक्षिणी गाजामा हमासले श्रृंखलाबद्ध आक्रमण गरेकोे बताएको छ । आक्रमणबाट भएको क्षतिको विवरण भने दिएको छैन । 

सन् २०२३ को अक्टोबर ७ देखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको  संख्या २८ हजार एक १७६ पुगेको छ । आक्रमणमा ६७ हजार ७८४ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले  विज्ञप्तिमार्फत बताएको छ । 

गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टको छेउमा रहेको रफाहमा पुगेका छन् । 

रफाह क्रसिङमार्फत विदेशी देशहरू र संयुक्त राष्ट्रका एजेन्सीबाट खाना तथा औषधि सहायता प्राप्त गर्दे जीवन गुजारिरहेका छन् । सीमावर्ती रफाह सहरमा कृषि भूमि, विद्यालय र सडक किनारमा विस्थापितहरूले भरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro