site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्यानडाविरुद्ध भीमको अर्धशतक 

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालका शीर्ष क्रमका ब्याटर भीम सार्कीले अर्धशतक बनाएका छन् । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट भीमले ७८ बलमा पाँच चौकासहित ५० रन पूरा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो चौथो अर्धशतक हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जारी खेलको ३१ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर १४७ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका अनिल ७५ र भीम सार्की ५२ रनमा खेलिरहेका छन् । यी दुईले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरिसकेका छन् । नेपाली टिमको खातामा अर्का ओपनर कुशल भुर्तेलले १३ रन थपेका थिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्