site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडाविरुद्ध ओपनर अनिलको अर्धशतक 

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालका ओपनर अनिलकुमार साहले अर्धशतक बनाएका छन् । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट अनिलले ५१ बलमा आठ चौकासहित ५० रन पूरा गरेका हुन् । 

Dabur Nepal
NIC Asia

सन् २०२२ पछि राष्ट्रिय टिममा पुनरागमन गरेको अनिलको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो । यसअघि अनिलले यही शृंखलाको दोस्रो खेलमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरेका थिए । 

जारी खेलको १६ आभेर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर ८९ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका अनिल ५१ र भीम सार्की १८ रनमा खेलिरहेका छन् । त्यसअघि नेपाली टिमको खातामा अर्का ओपनर कुशल भुर्तेलले १३ रन थपेका थिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रनको योगफल खडा गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro