site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनले कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई रोक्न थालिसकेको छ : सांसद बडू
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलास्थित तिंकर नाकामा चीनले तीर्थयात्रीलाई रोक्न थालेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले विगतमा पास लिएर आवतजावतको व्यवस्था भए पनि पछिल्लो समय कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई चीनले रोक्न थालेको बताए ।

“उत्तरी सीमानाकाको कुरा गर्नुपर्ने भयो । कोरला नाकाको कुरा आएको छ, अन्यको आएन,” उनले भने, “तिंकर नाकामा पनि विगतमा पास लिएर आउजाउ गर्ने गरेकोमा पछिल्लो समय कैलाश तीर्थयात्रीलाई रोक्न थालिएको छ ।”

उनले एयरपोर्टमा सुरक्षा र कर्मचारी प्रशासनको घटनामा प्रहरीलाई मात्र कारबाही भएको हो ? भन्दै प्रश्न गरे । आउँदा दिनमा यस्तो समस्या नआउने भएको हो ? भन्ने उनले बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro