site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तेस्रोलिंगीका कारण मानिसले दुःख पाएका छन् : सांसद तामाङ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका उपनेता बुद्धिमान तामाङले तेस्रोलिंगीका कारण चाबेलको गोपीकृष्ण हलनजिक क्षेत्रमा मानिसले दुःख पाएको गुनासो गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले साँझको समयमा उक्त क्षेत्रमा तेस्रोलिंगीले मानिसलाई दुःख दिने गरेको बताए । “तेस्रोलिंगी पनि चाबेल, गोपीकृष्ण एरियामा धेरै नै भएको छ । मानिसहरूले अनाहकमा दुःख पाउने अवस्था छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

सांसद तामाङले एयरपोर्टमा घण्टौँ विमान कुर्नुपर्ने समस्या रहेको पनि बताए । यस्तो अवस्थामा पर्यटकले के सोच्छन् होला भन्दै उनले प्रश्न गरे ।

“ऐन नै परिवर्तन गर्नुपर्छ भने गरौँ । नियम बनाउँदा हुन्छ भने गरौँ । इमिग्रेसनका कर्मचारीको कुरा आयो, हुन त मान्छे धेरै भएर होला, डेढ घण्टा कुर्नुपर्‍यो । त्यस्तै हुँदा टुरिस्टहरूले के सोच्छन् ?,” उनले भने ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro