site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तान चुनाव : खानको पार्टी सरकार गठनको तयारीमा, आन्दोलनको धम्की

काठमाडौं । जेलमा रहेका पाकिस्तानी विपक्षी नेता इमरान खानको पार्टीको समर्थनमा रहेका उमेदवारले सरकार गठन गर्ने योजना बनाएका छन् ।

पूर्वप्रधानमन्त्री खानका तत्कालीन निकट सहयोगीले अन्तिम चुनावी नतिजा सार्वजनिक नगरे शान्तिपूर्ण विरोध गर्न समर्थकलाई आग्रह गरेका छन् ।

बिहीबार भएको निर्वाचनमा पाकिस्तानका २४ करोड १० लाख नागरिकले मतदान गरेका थिए ।

आर्थिक संकटसँग संघर्ष गरिरहेको पाकिस्तानमा गम्भीर ध्रुवीकृत राजनीतिक वातावरणले चुनावी नतिजा समेत अस्तव्यत बनाएको छ ।

खान र उनका मुख्य प्रतिद्वन्द्वी तीन पटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज सरिफ दुवैले शुक्रबार चुनावमा विजयको घोषणा गरेका थिए ।

Global Ime bank

यससँगै त्यहाँ सरकार कसले गठन गर्छ भन्ने अनिश्चितता बढेको छ ।

खानको पाकिस्तान तहरीक इन्साफ (पीटीआई)का अध्यक्ष गोहर खानले सबै संस्थालाई आफ्नो पार्टीको जनादेशलाई सम्मान गर्न आह्वान गरेका छन् ।

यस्तै, सरिफले पनि शुक्रबार आफ्नो पार्टी बलियो भएर अगाडि आएको भन्दै गठबन्धन सरकार गठन गर्न अरुपार्टीसँग छलफल गर्ने भनेका थिए ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार कुल २६६ सिटमध्ये पछिल्लो चुनावी नतिजाले स्वतन्त्र उमेदवारले १०० सिट जितेका छन् ।

सरिफको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)ले ७२ सिट जितेको छ ।

चुनाव चिह्न नपाएपछि खानको पार्टी पीटीआईका नेताहरू स्वतन्त्र उमेदवार भएर चुनाव लडेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu