site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुससँग कैदी आदानप्रदानअन्तर्गत १०० युक्रेनी स्वदेश फर्किए

काठमाडौं । रुससँगको कैदीबन्दी आदानप्रदान गर्ने क्रममा १०० जना युक्रेनी नागरिक स्वदेश फर्किएका छन् । युद्ध कैदीहरूको उपचारका लागि समन्वय मुख्यालयले यसबारेमा जानकारी दिएको हो ।

मुक्त गरिएकामध्ये ८० भन्दा बढी सेनाहरू छन् । जसले मारिउपोल सहर र एजोब्स्टलका लागि लडेका थिए । डोनेट्स्क र लुहान्स्क दिशामा लडाइँमा भाग लिने सिपाहीहरूलाई रिहा गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुक्त गरिएकामध्ये कम्तीमा २८ जना गम्भीर रोगबाट तथा चोटबामट पीडित छन् ।

युक्रेन र रुसले मार्च २०२२ यता ५१ कैदी आदानप्रदान गरेका छन् ।

‍‍

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २३:०५
प्रतिक्रिया दिनुहोस्