site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बनेपा नगरपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा, १५ लाख बिगो दाबी

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनले सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

Dabur Nepal
NIC Asia

बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

सोहीक्रममा टंगलास्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते बादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

विशेष अदालतमा दायर गरिएको मुद्दामा उनीसँग १५ लाख रुपैयाँ बिगो दाबी गरिएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा  उल्लेख छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro