site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बर्सेनि १२ हजारभन्दा बढी बालबालिकामा मुटुको समस्या

काठमाडौं । बालबालिकामा जन्मजात मुटुरोगको समस्या बढ्दै गएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मात्रै वार्षिक १२ हजारभन्दा बढी बालबालिका मुटुको समस्या लिएर आउँछन् ।
 
केन्द्रको ओपीडीमा सन् २०२३ मा १२ हजार ३३७ बालबालिका मुटुको समस्या लिएर आइपुगेको तथ्यांक छ । इमर्जेन्सीमा ४०८ जनाको उपचार भएको अस्पतालले जनाएको छ । इमर्जेन्सीमा भर्ना भएकामध्ये ४८ प्रतिशतमा जटिल मुटुरोगको समस्या देखिएको अस्पतालकी वरिष्ठ बाल मुटुरोग विशेषज्ञ डा. उर्मिला शाक्य बताउँछिन् । 

जटिल मुटुरोगमा बालबालिकाको मुटुको पर्दामा प्वाल देखिने, असामान्य रगतनली हुने, धमनीहरू उल्टो हुनेजस्ता समस्या देखिने गरेको छ । जटिल मुटुरोग भएका दुईतिहाई बालबालिकामा जन्मिएको एक महिनाभित्रै लक्षण देखिने उनी बताउँछिन् । 

Dabur Nepal
NIC Asia

जटिल मुटुरोग भएका कतिपय शिशुको समयमै उपचार नभएमा जन्मिएको केही दिनभित्रै मृत्यु समेत हुनसक्छ । ति बालबालिकामा स्वासप्रस्वासमा समस्या हुने, दूध चुस्न नसक्ने,  निलो हुनेजस्ता समस्या देखिने गर्छ । यस्ता लक्षण भएका अधिकांश बालबालिकाको शल्यक्रियामार्फत् उपचार गर्नुपर्ने बाल मुटुरोग विशेषज्ञ डा. सुवासचन्द्र साहको भनाइ छ ।
 
बालबालिकामा हुने कतिपय मुटुका समस्यामा भने लक्षण देखिँदैन  । जसका कारण धेरै वर्षसम्म पनि रोग पहिचान नहुन सक्छ ।

p3-1707475089.jpg

 
कसरी थाहा पाउने बालबालिकाको मुटुमा भएको समस्या ? 
मुटुको चाल असामान्य हुने, श्वास फेर्न गाह्रो हुने, दूध चुस्न नसक्ने, सुतेको समयमा पसिना आउनेजस्ता लक्षण बालबालिकामा मुटुरोग हुनसक्ने लक्षण हुन् । उनीहरूमा उमेर बढ्दैजाँदा निलो हुँदै जाने, छट्पटिइरहने, दैनिक कृयालापमा समस्या देखिने, छिटोछिटो कडा निमोनिया हुने पनि बालबालिकामा मुटुरोगका लक्षण हुनसक्ने डा. शाक्य बताउँछिन् । 

९० प्रतिशत मुटुरोगमा कारण पहिचान हुँदैन भने केही वंशाणुगत कारण पनि हुन्छन् । गर्भमा रहँदा पर्याप्त पोषण नपुग्नु, गर्भवतीमा अधिक मोटोपना हुनु, गर्भवतीले जथाभावी औषधि सेवन गर्नु, धुमपान मद्यपान गर्नुजस्ता कारणले शिशुमा मुटुको समस्या देखिनसक्ने विषेशज्ञहरू बताउँछन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro