site stats
बाह्रखरी :: Baahrakhari
कला
‘दयारानी’काे प्रिमियरमा कसले के भने ?

काठमाडौं । चलचित्र ‘दयारानी’ले प्रिमियरमा प्रशंसा बटुलेको छ । माओत्से गुरुङ निर्देशित चलचित्र ‘दयरानी’ हेर्न प्रिमियरमा पुगेका कलाकार तथा राजनीतिज्ञले सिनेमाको कथा, प्रस्तुति तथा अभिनयको तारिफ गरेका छन् । 

पूर्वस्वास्थ्यमन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले सिनेमा आफूलाई मन परेको बताए । उनले गुरुङ समाज र संस्कृति सिनेमाले बाहिर ल्याउने कोसिस गरेको बताए । 

निर्देशक तथा वितरक अशोक शर्माले सिनेमा राम्रो बनेको बताए । अभिनयबाट निर्देशनमा डेव्यु गरेका माओत्से गुरुङको काम तारिफयोग्य रहेको बताए । 

अभिनेता खगेन्द्र लामिछानेले आफूलाई सिनेमा रमाइलो लागेको बताए । “सिनेमा हेरिरहँदा समय बितेको पत्तै हुँदैन । सिनेमाले सामाजिक पक्ष रमाइलो तरिकाले भनेको छ । दर्शकलाई मन पर्नसक्छ,” उनले भने । 

Global Ime bank

निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले सिनेमाको टिजर र ट्रेलरअनुसार सिनेमा बनेको बताइन् । 

अभिनेत्री प्रियंका कार्कीले ‘दयारानी’मा कासीको भूमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय निक्कै मन परेको बताइन् । अभिनेत्री केकी अधिकारले पनि आफूलाई सिनेमा मन परेको बताइन् ।

सिनेमामा ‘दयारानी’को शीर्ष भूमिकामा काम गरेकी अभिनेत्री दीया पुनले प्रिमियर शोबाट पाएको प्रतिक्रियाले खुसी लागेको बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu