site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडाविरुद्ध कप्तान रोहितले दिलाए ‘ब्रेक थ्रु’

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले ‘ब्रेक थ्रु’ दिलाएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाका पर्गत सिंहलाई रोहितले १९.४ ओभरमा पभेलियनको दिशा देखाए । 

Dabur Nepal
NIC Asia

क्यानडाबाट अर्धशतक बनाएका पर्गतले निकालस किर्टोनसँग ७९ रनको साझेदारी गर्दै टिमको इनिङ सम्हालेका थिए । क्यानडाको यो साझेदारी तोडेका रोहितले पर्गतलाई ५० रनमा ललितनारायण राजवंशीबाट क्याच गराए ।

जारी खेलको २२ ओभर समाप्त हुँदा क्यानडाले तीन विकेट गुमाएर १२२ रन बनाएको छ ।

यसअघि नेपालका लागि रिजन ढकाल र सोमपाल कामीले विकेट लिएका हुन् । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro