site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छोरी कुट्ने बुवा धरौटीमा रिहा
प्रतीकात्मक तस्बिर ।

हेटौँडा । आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरीको एकडाँडा गाउँपालिका–३ घर भई हेटौँडा–५, सिँचाइटोलमा बस्दै आएका २७ वर्षीय रामजी मण्डललाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

गएको पुस २१ गते मण्डलले आफ्नी चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए । घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको छ ।

बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका निम्ति हिरासतमा राखेको थियो । उनीमाथि बालबालिकाविरुद्ध कसुर मुद्दामा कारबाही सुरु भएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro