site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडाविरुद्ध ब्याटिङमा संघर्षरत नेपाल, गुमायो पाँचौँ विकेट 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कुशल मल्ललाई पाँचौँ विकेटका रूपमा गुमाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले मल्ललाई २९.३ ओभरमा गुमाएको हो । मल्लले नेपाली टिमको स्कोरबोर्डमा २० रन जोडे ।

Dabur Nepal
NIC Asia

ब्याटिङमा संघर्षरत नेपालले जारी खेलको ३० ओभर सकिँदा पाँच विकेट गुमाएर १४३ रन बनाएको छ ।

त्यसअघि, नेपालले आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान आठ रनमा गुमाएको थियो । ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका थिए । भीम सार्कीले आउट हुनुअघि १७ रन जोडे ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu