site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई पटक समय थपिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सम्पन्न गर्न थप एक वर्ष लाग्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । २०७६ पुसबाट निर्माण सुरु भएको नागढुंगा–सिस्नेखोला सुरूङमार्ग २०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, कोभिडका कारण तोकिएको समयमा काम सम्पन्न हुन सकेन । सोहीअनुसार सरकारले पटक–पटक गरेर थप दुई सम्झौता गरेको छ । पहिलो सम्झौताअनुसार सुरुङमार्गको कार्य सम्पन्न नभएपछि पहिलो पटक २०८० असार मसान्तसम्म समय थप गरियो ।

यो सम्झौताअनुसार पनि काम सम्पन्न भएन । पुनः २०८१ वैशाखसम्म समय थप गरिएको छ । तर, यो अवधिसम्म पनि सुरूङमार्गको कार्य सम्पन्न हुन नसक्ने देखिएको छ । तेस्रो सम्झौताअनुसार सुरुङको ३० मिटर भाग खन्न नै बाँकी छ । 

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार यो सुरुङमार्गको ‘ब्रेक थ्रु’ भने आगामी फागुन २३ गते हुनेछ । ब्रेक थ्रु हुने बित्तिकै गाडी चलाउन भने नसकिने आयोजनाका परामर्शदाता इन्जिनियर रमेश कोइरालाले बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“सुरुङमार्गको ब्रेक थ्रु गर्न उपयुक्त समय हामीले फागुन २३ गतेलाई हेरेका छौँ । ब्रेक थ्रु हुने बित्तिकै गाडी चलाइहाल्न मिल्दैन,” उनले भने, “पूर्णरूपमा सम्पन गर्न ब्रेक थ्रु भएको थप एक वर्ष लाग्छ ।”

तेस्रो सम्झौताअनुसार सुरूङमार्ग ५४ महिनामा सम्पन्न गर्नुपर्नेछ । तर, यो अवधिमा निर्माण कम्पनी हाजमा एन्डो करपोरेसन, जापानले यो अवधिमा निर्माण सम्पन्न गर्न नसक्ने परामर्शदाता कोइराला बताउँछन् ।

Royal Enfield Island Ad

यो आयोजना सम्पन्न गर्न भ्याटसहित १६ अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो । तर, हालसम्म घरटहरा तथा बोटविरूवा आदिको क्षतिपूर्ति, जग्गाको मुआब्जा, एप्रोच रोड निर्माण, पुल कल्भर्ट फ्लाइओभर र सुरुङमार्ग निर्माणमा कुल १४ अर्ब ७० करोड १४ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको समय थपिँदा लागत पनि बढ्दै गएको छ । आगामी वैशाख सम्पन्न हुँदा २० अर्ब ९० करोड रुपैयाँ खर्च हुने कुल लागत अनुमान गरिएको छ । 

यो सुरुङमार्गको कुल लम्बाई २.६८८ किलोमिटर छ भने २.६५६ किलोमिटर खनिसकिएको छ । अब ३० मिटर खन्न बाँकी भएको आयोजनाले जानकारी दिएको छ ।

सुरुङ मार्गको चौडाई ३.५ मिटरका दुई लेन, बीचमा १.५ मिटरको ग्याप र दुवैतर्फ ०.५ मिटरको नाली हुने बताइएको छ । पुल, कल्भर्ट, फ्लाइओभसहित १२ वटा संरचना हुनेछ ।  

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले यो सुरूङमार्गको अनुगमन गरेको छ । तोकिएको समयमा निर्माण कम्पनीले आयोजना सम्पन्न नगरेको भन्दै चर्काे आलोचना भएपछि समिति नै अवलोकनमा गएको हो । तर, अवलोकन गर्दा काम तीब्ररूपमा काम भइरहेको पाइएको समितिका सभापति प्रकाश पन्थले बताए ।

काम गर्दा आएका केही जटिलताहरू सरकारलाई सहज बनाइदिन समितिले समन्वयकारी भूमिका खेल्ने उनको भनाइ छ । “सबै समस्या समाधान गर्दै द्रूत गतिमा आयोजना सम्पन्न गर्नुपर्ने देखिएको छ । केही समस्या छन्, तीन समस्या छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ,” सभापति पन्थले भने, “आयोजना निर्माणको काम सन्तोषजनक नै देखियो । धादिङ र काठमाडौंका क्षेत्रमा मुआब्जा लगायतका केही समस्या छ यसलाई समाधान गर्न सरकारलाई आवश्यक निर्देशन हुन्छ ।”

सुरुङमार्गमार्फत सवारी आवातजावत गर्दा भैपरी आउने क्षतिलाई मध्येनजर गर्दै सहायक सुरुङमार्ग निर्माण गरिएको छ । यो सुरुङमार्गको ब्रेक थ्रु यसअघि नै भइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro