site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले उत्तरी गाजामा फेरि सुरु गर्‍यो आक्रमण

काठमाडौं । युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बीच इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ । 

इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका हुन् । गाजा निवासी फरीद महमूदले आफ्नो परिवारमा आठ जना सदस्य रहेको र खाजा खाइरहेको बेलामा क्षेप्यास्त्र प्रहार भएको बताए ।

क्षेप्यास्त्र प्रहारमा केही बालबालिकाहरूको मृत्यु भएको बताए । उनले आक्रमणमा आफ्नो सन्तान पनि परेकाले अवशेष खोजिरहेको बताए ।

इजरायलले यस क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेपछि विगत केही हप्तादेखि गाजापट्टीको उत्तरी भागमा भएका आक्रमणमा कमी आएको थियो । गाजामा हालसम्म इजरायली आक्रमणबाट कम्तीमा २७ हजार ४७८ प्यालेस्टाइनी मारिएको बताएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro