site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नागढुंगा सुरुङमार्गको यस्तो छ प्रगति विवरण, १४ अर्ब खर्च
फाइल तस्बिर ।

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । कुल २० अर्ब ९० करोड रुपैयाँभन्दा बढी लागतको आयोजनाको ७० प्रतिशत रकम खर्च भइसकेको छ ।

सुरुङमार्ग कुल दुई हजार ६८८ मिटर लामो हुनेछ । हालसम्म ९८.८० प्रतिशत अर्थात् दुई हजार ६५६ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जानकारी गराएको छ । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोजनाको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

सुरुङमार्ग निर्माणको काम ६८.५४ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।

१२ पुल र फ्लाइओरभर बनाउने काम २७.४८ प्रतिशत पूरा भएको छ । एक हजार ८७२ मिटर एप्रोच रोड बनाउने काम ५३.८१ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।

ट्रान्समिसनलगायत विविध काम ५६.९९ प्रतिशत पूरा भएको छ । घरटहरा र बोटबिरुवाको क्षतिपूर्ति दिने काम ९५.६६ प्रतिशत पूरा भएको छ ।

जग्गाको मुआब्जाको काम ९५.२१ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । यसरी समग्रमा आयोजनाको काम ७०.३४ प्रतिशत मात्र पूरा भएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro