site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीसँग रुष्ट कांग्रेसले भन्यो– सरकार 'स्टन्टबाजी' गर्ने ठाउँ होइन

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । 

सोमबारबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनका क्रममा राष्ट्रियसभाको बैठकमा आफ्ना धारणा राख्दै उनले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । उनले अहिले सरकारले स्टन्टबाजी गरिरहेको भन्दै त्यस्तो गर्ने बेला नभएको बताए ।

उनले सरकारमा बसेका मन्त्रीहरूले नयाँ राजनीतिक दलहरूको नक्कल गरिरहेको बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टन्टबाजी गर्ने काम गरेको आरोप लगाए । सरकार नौटंकी गर्ने ठाउँ नभएको बताए ।

उनले भने, "यो स्टन्ट गर्ने बेला होइन । हामी स्टन्ट गरिरहेका छौँ । नयाँ आएका राजनीतिक पार्टीको नक्कल गरिरहेका छाँै । केही नयाँ राजनीतिक पार्टीहरू आएका छन्, जन्मेका छन् । सरकारमा बस्ने मानिसहरुले त काम गर्ने हो । नाटक गर्ने होइन । नौटंकी गर्ने होइन । नौटंकी बढी भयो जस्तो लाग्छ । स्वास्थ्य मन्त्रालयको कुरा त्यस्तै आउँछ । आजकाल गृहमन्त्रीज्यूको पनि कुरा अलिअलि त्यस्तै आउन थालिसक्यो । गृहमन्त्रीज्यूको यही रोष्टमबाट प्रशंसा गरेको थिएँ । तर काम भन्दा आजकाल चर्चा, परिचर्चा बटुल्न लागेको हो की जस्तो लागेको छ । यो चर्चा परिचर्चा त हिजो नानीमाया दाहालको पनि थियो पञ्चायतमा । यसले केही हुँदैन । हामीले इतिहास लेख्ने हो । इतिहास बनाउने हो । इतिहास हामीले नबनाए कसले बनाउँछ ?"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro