site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अख्तियारको सम्पर्कमा नगएका ज्ञानेन्द्रबहादुर कार्कीको आक्रोश : स्वच्छ पत्रकारिता गर्नुस् 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ पत्रकारिता गर्न आग्रह गरेका छन् ।

टेरामक्स प्रकरणमा अख्तियारको सम्पर्कमा नआएको आरोप उनीमाथि लागेको छ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सहभागी हुन पुगेका सांसद कार्कीलाई पत्रकारले राखेको तपाईं हराएको आरोप छ नि भन्ने प्रश्नमा उनले त्यसमा सत्य नभएको भन्दै स्वच्छ पत्रकारिताका लागि आग्रह गरेका हुन् । 

“यसमा कुनै सत्यता छैन, स्वच्छ पत्रकारिता गर्नुस्,” छोटो प्रतिक्रिया दिएका कार्कीले भने, “म पछि बोल्नेछु । तपाईंहरू आफैँ खोज्नुहोस् ।” 

अख्तियारले पटक पटक सम्पर्क गर्दा पनि तपाईं सम्पर्कमा जानुभएको छैन भन्ने छ नि भन्ने प्रश्नको जवाफ समेत नदिई कार्की बाहिरिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro