देश
काठमाडौं । अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । आइतबार राति नेपाल प्रहरीले २९ वर्षीय कुइ विङचाङलाई नियन्त्रणमा लिएको हो ।
उनी चाइना साउथर्नको उडानमार्फत काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई राजस्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० १३:१३
प्रतिक्रिया दिनुहोस्