site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सवारीचालकलाई अब क्यूआर कोडवाला लाइसेन्स कार्ड दिइने
फाइल तस्बिर ।

काठमाडौं । वाग्मती प्रदेशमा आउँदो फागुन १ गतेदेखि क्यूआर कोड प्रविधिको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिने भएको छ । परीक्षणकालीन अवधि (एक वर्ष)का निम्ति क्यूआर कोड हुने डिजिटल लाइसेन्स वितरण गर्न लागिएको हो ।

ट्रायल उत्तीर्ण गर्नेले यस्तो लाइसेन्स पाउनेछन् । यो लाइसेन्स एटीएम कार्डजस्तै हुने वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

कार्डमा ‘परीक्षणकालीन’ लेखिएको हुने र चालकको सम्पूर्ण विवरण एवं क्यूआर कोड पनि रहने उनले बताए । उक्त क्यूआर स्क्यान गर्दा सम्बन्धित व्यक्तिको विवरण देखिनेछ ।

“परीक्षणकालीन लाइसेन्स दिने व्यवस्था कानुनमै छ । त्यसैअनुसार प्रदेशअन्तर्गतका सातवटै कार्यालयले फागुन १ गतेदेखि वितरण गर्ने गरी तयारी भइरहेको छ,” उनले बाह्रखरीसित भने ।

उक्त कार्ड ल्याइसकेको र सातवटै कार्यालयलाई प्रदेशबाट बजेट ‘रिलिज’ भएसँगै काम अघि बढाइने उनले बताए ।

प्रदेश सरकारले हालसम्म स्मार्ट लाइसेन्स छापेर वितरण गर्न सकेका छैनन् । स्मार्ट लाइसेन्सको मुख्य प्रणाली रहेको यातायात व्यवस्था विभागले नै लाइसेन्स छापेर बाँड्ने गरेको छ ।

हाल भित्र्याइएको ६ लाख स्मार्ट लाइसेन्स कार्ड प्राविधिक समस्याका कारण छाप्न ढिलाइ भएको विभागले जनाएको छ ।

प्रदेश सरकारहरू करिब पाँच लाख रुपैयाँ पर्ने मेसिनबाट स्मार्ट लाइसेन्स छाप्ने प्रक्रियामा जुटेका छन् । त्यसअघि, प्रदेश सरकारहरूले परीक्षणकालीन अवधिका निम्ति भन्दै क्यूआर कोडवाला लाइसेन्स दिने तयारी गरेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro