site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
एकैदिन दुई सिनेमा रिलिज हुने भएपछि दयाहाङले भने– सिनेमा ५० वर्षपछिका लागि पनि हो 

काठमाडौं । आउँदो शुक्रबार दुई नेपाली सिनेमा रिलिज हुँदै छन् । ‘दयारानी’ र ‘हात्तीछाप’ फ्राइडे रिलिजअन्तर्गत प्रदर्शनमा आउन लागेका हुन् । 

यी दुवै चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई छन् । उनी यतिबेला एकै साथ दुईवटै चलचित्रको पब्लिसिटी गर्दै आएका छन् । 

गत बिहीबार चलचित्र ‘दयारानी’ले आयोजना गरेको पत्रकार सम्मेलनमा दयाहाङले एकैदिन आफ्ना दुई सिनेमा रिलिज हुन लागेको भन्दै जुन राम्रो छ, त्यही हेरिदिन आग्रह गरे । 

“म त दुईवटै सिनेमा हेरिदिन आग्रह गर्छु । यदि, एउटै मात्रै हेर्ने हो भने जुन राम्रो लाग्छ त्यही हेरिदिनु होला,” उनले भनेका थिए । 

आफूले सकेसम्म एकैदिन आफ्ना सिनेमा रिलिज नगर्न निर्माता, निर्देशक तथा वितरकसँग आग्रह गर्ने गरेको तर त्यसभन्दा बढी हात आफ्नो नरहने बताए । यद्यपि, पछिल्लो समय सिनेमा हलको संख्या बढेकाले दुईवटा सिनेमा रिलिज हुँदा पनि खासै धेरै समस्या नहुने उनको भनाइ छ । 

एकैदिन सिनेमा रिलिज हुँदा दुईमध्ये एउटालाई केही न केही घाटा हुने भने दयाहाङ स्वीकार्छन् । गत वैशाख १ गते पनि उनका दुईवटा सिनेमा ‘जारी’ र ‘बिहे पास’ एकैदिन रिलिज भएका थिए । ‘जारी’ले ब्लकबस्टर कमाइ गर्दा ‘बिहे पास’ले भने राम्रो कमाई गर्न सकेको थिएन । ‘बिहे पास’ पछि पुनः रिलिज भएको थियो । तर, रि–रिलिजमा पनि यसले दर्शक तान्न सकेन ।  

दयाहाङले बिहीबारको सोही कार्यक्रममा सिनेमा तत्कालका लागि मात्रै नभएर पछिसम्मका लागि पनि हुने बताएका थिए । 

“एकैदिन सिनेमा रिलिज हुँदा व्यावसायिक नाफाघाटा पक्कै पनि होला । हल रिलिज व्यावसायिक नाफाघाटाका लागि होला । तर सिनेमा रिलिजका लागि मात्रै पनि होइन,” दयाहाङ भन्छन्, “हामी अहिले ५० वर्ष अगाडिका सिनेमाका कुरा गर्छौं । त्यसैले अहिलेका सिनेमा ४०/५० वर्ष पछिसम्मका लागि पनि हो भनेर बुझ्नुपर्छ ।” 

दयाहाङले अहिले डेढ दर्जन सिनेमा साइन गरेका छन् । त्यसबाहेक पाँचवटा सिनेमा घोषणा हुन बाँकी रहेको उनले बताए । त्यसैले उनले अब एक वर्ष नयाँ सिनेमा साइन नगर्ने घोषणा गरेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro