site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल प्रहरीबाट ३३ वर्षमा इन्टरपोलमार्फत २९८ आरोपितविरुद्ध ‘नोटिस’ जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो ३३ वर्षमा विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा २९८ जनाविरुद्ध इन्टरपोलमार्फत ‘नोटिस’ जारी गरेको छ । सन् १९९१ देखि हालसम्म उक्त नोटिस जारी गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

फरार प्रतिवादीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका निम्ति नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी गर्ने गरिन्छ ।

सन् १९९१ देखि हालसम्म १६८ जनाविरुद्ध ‘रेड’ नोटिस, २४ विरुद्ध ‘एल्लो’ नोटिस, एकविरुद्ध ‘ब्लु’ नोटिस, एकविरुद्ध ‘ब्ल्याक’ नोटिस, एकविरुद्ध ‘पर्पल’ नोटिस र १०३ जनाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गरिएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तीमध्ये ६१ रेड नोटिस, ११ एल्लो नोटिस, एक ब्ल्याक नोटिस, एक पर्पल नोटिस र ३५ डिफ्युजन नोटिस हाल कारबाहीको प्रक्रियामा छन् । कारबाहीको प्रक्रियामा रहेका रेड नोटिस जारी भएका मध्ये ५५ नेपाली र ६ जना विदेशी नागरिक, एल्लो नोटिस जारी भएका ११ नेपाली र डिफ्युजन नोटिस जारी भएका मध्ये ३० नेपाली र पाँचजना विदेशी नागरिक छन् ।

फरार प्रतिवादीका विरुद्ध इन्टरपोलद्वारा नोटिस जारी गर्ने र पक्राउ पर्ने क्रम जारी छ । यसक्रममा २०२४ फेब्रुअरी २ तारिखमा मात्र ६ जनाविरुद्ध रेड नोटिस जारी गरिएको छ । तीमध्ये वैदेशिक रोजगारीमा ठगी घटनामा चार र सहकारी ठगीमा दुईजना छन् ।

Global Ime bank

“सन् १९६७ देखि एनसीबी काठमाडौंले इन्टरपोलको सुरक्षित एवं विश्वव्यापी प्रहरी सञ्चार प्रणालीको सुविधाबाट इन्टरपोलका सदस्य राष्ट्रहरूसँग समन्वय र सूचना आदानप्रदान गर्दै आएको छ । सोही सुविधाकै कारण एनसीबी काठमाडौंले विभिन्न नोटिस एवं डिफ्युजन जारी गर्नका लागि इन्टरपोल महासचिवालयमा अनुरोध गर्ने गर्दछ,” नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले भने ।

इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै फरार प्रतिवादी खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परेका थिए । विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार फरार प्रतिवादीलाई दुबई र कुवेतबाट एक हप्ताभित्रै पक्राउ गरी गएको पुस पहिलो साता नेपाल ल्याइएको थियो ।

देशमा अपराध गरी विदेशमा फरार रहेका प्रतिवादीलाई इन्टरपोलको सक्रियतामा पक्राउ गरी स्वदेश फिर्ता ल्याएर कानुनी प्रक्रिया अगाडि बढाउने कार्यलाई तीव्रता दिइएको प्रहरीको भनाइ छ ।

हालसम्म यूएईबाट १९, कतारबाट नौ, साउदी अरेबियाबाट तीन, भारत र कुवेतबाट तीन/तीन, मलेसिया, मकाउ र चीनबाट दुई/दुई र थाइल्यान्ड, क्यानडा, अमेरिका, पोर्चुगल तथा बहराइनबाट एक/एकजना फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ । नोटिस तथा डिफ्युजन जारी भएका चारजनालाई नेपालमै पक्राउ गर्न प्रहरी सफल भएको छ ।

पक्राउ परेकाहरू कर्तव्य ज्यान, ठगी, अपहरण, डकैती, वन्यजन्तु अपराध, बैंकिङ कसुर, सुन तस्करी, संगठित अपराध, किर्ते, लागुऔषध ओसारपसार, साइबर अपराध, वैदेशिक रोजगार ठगी, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसारलगायत मुद्दाका फरार प्रतिवादी हुन् । उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने गरिन्छ ।

वारेन्ट जारी भएका फरार अभियुक्तको खोजीका निम्ति रेड नोटिस जारी गरिन्छ । वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तको खोजीका लागि डिफ्युजन नोटिस जारी गरिन्छ ।

यस्तै, सनाखत नभएका मानव शवको पहिचान गर्न ब्ल्याक नोटिस, हराएका मानिसको अन्तर्राष्ट्रियस्तरमा खोजी गर्न एल्लो नोटिस, अपराध गर्न प्रयोग गरेका हतियार, विस्फोटक प्रदार्थ तथा खतराजन्य अरू वस्तु लुकाइएको स्थानका बारेमा जानकारी दिन ओरेन्ज नोटिस जारी गरिन्छ ।

प्रहरीका अनुसार, आपराधिक कार्यविधिका बारेमा जानकारी दिन पर्पल नोटिस, व्यक्तिको आपराधिक क्रियाकलापकबाट सार्वजनिक सुरक्षामा हुन सक्ने सम्भावित खतराका बारेमा जानकारी गराउन ग्रीन नोटिस र अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ब्लु नोटिस जारी गरिन्छ ।

“नेपालमा अपराध गरेर विश्वको जुनसुकै कुनामा गए पनि इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले छोड्दैन,” फरार प्रतिवादी पक्राउ सम्बन्धमा प्रहरी नायब महानिरीक्षक ढकालले भने ।

सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १९६ राष्ट्र सदस्य छन् । नेपाल इन्टरपोलको १००औँ सदस्य राष्ट्र हो ।

विश्वभरिका सदस्य राष्ट्रहरूसँग सम्पर्क गर्न एउटा सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ । त्यसलाई नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) भनिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement