site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड : यी आठ वर्ष महिला खेलाडीको मनोनयनमा 
पुष्पा भण्डारी ।

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औँ संस्करणका निम्ति वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । 

आइतबार मञ्चले वर्ष महिला खेलाडीको मनोनयनमा पर्न सफल उत्कृष्ट आठजनाको नाम सार्वजनिक गरेको हो । वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा मनोनयन गरिएको मञ्चले जनाएको छ ।

वर्ष महिलामा फुटबलकी अमिशा कार्की, बास्केटबलकी अनुशा मल्ल, पौडीकी डुवाना लामा, एथ्लेटिक्सकी जयरानी थारु, जुडोकी पुनम श्रेष्ठ, एथ्लेटिक्सकी पुष्पा भण्डारी, एथ्लेटिक्सकी राजपुरा पछाई र ट्रायथलनकी श्रेवी महर्जन मनोनयनमा परेका छन् ।

Dabur Nepal
NIC Asia

यसअघि, पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।

मञ्चले वर्षका उत्कृष्ट युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि छिटै सार्वजनिक गरिने जनाएको छ ।

पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा माघ २८ गते कार्यक्रमकै दिन गरिनेछ ।

योपटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई एन२५० र तीन एन१६० मोटरसाइकल हुनेछन् । अरू विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सहप्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटेल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपुर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटेल, प्लाजा ग्रुप अफ होटेल्स, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।

तथ्यांकमा वर्ष महिला खेलाडीको उत्कृष्ट आठ मनोनयन

Amisha-Karki-(football)-(1)-1707049500.jpg
अमिशा कार्की (फुटबल)
– साफ महिला च्याम्पियनसिपमा रजतपदक जित्न सफल
– साफ महिला च्याम्पियनसिपमा दुई गोल गर्न सफल
– साफ यू–२० महिला फुटबलको उपविजेता । चार गोल गर्दै संयुक्त सर्वाधिक गोलकर्ता ट्रफी जित्न सफल 
– नवौँ राष्ट्रिय खेलकुदमा आर्मीबाट कास्य जित्न सफल ।

Anusha-Malla-(basketball)-1707049562.jpg
अनुशा मल्ल (बास्केटबल)
– माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत 
– साबा वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी  
– नवौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट रजत जित्न सफल ।

Duwana-Lama-(swimming)-1707049623.jpg
डुवाना लामा (पौडी)
– नवौँ राष्ट्रिय खेलकुदमा नौ स्वर्ण र एक रजत जित्न सफल 
– त्रिभुवन आर्मी क्लबबाट खेल्दै सर्ट कोर्समा पाँच राष्ट्रिय कीर्तिमान बनाउन सफल
– २०० मिटर इन्डिभिजुअल मिड्ले, ५० मिटर ब्रेस्टस्ट्रोक, २०० मिटर फ्रिस्टाइल, ४०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रेस्टस्ट्रोक, ८०० मिटर फ्रिस्टाइल रिले, ४०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्रेस्टस्ट्रोक र मिक्स ४०० मिटर रिलेमा स्वर्ण तथा ५० मिटर बटरफ्लाइमा रजत ।

Jayarani-Tharu-(athletics)-1707049678.jpg
 जयरानी थारु (एथ्लेटिक्स)
– नवौँ राष्ट्रिय खेलकुदमा सर्वाधिक पाँच स्वर्ण, सहभागी सबै विधामा विजेता
– १०० मिटर हर्डल्स, ४०० मिटर हर्डल्स र लङजम्पमा राष्ट्रिय कीर्तिमान
– ४४औँ राष्ट्रिय एथ्लेटिक्समा दुई राष्ट्रिय कीर्तिमानसहित चार स्वर्ण र एक रजत । उत्कृष्ट खेलाडी घोषित ।

Punam-Shrestha-(judo)-1707049772.jpg
पुनम श्रेष्ठ (जुडो)
– बिस्केक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा कास्य विजेता
– महिला ७० केजीमुनि तौल समूहमा कीर्गिस्तानकी गुल्नुरलाई रिपिचेजमा हराएर कास्य जित्न सफल । 
– नवौँ राष्ट्रिय खेलकुदमा महिला ७० केजी तौल समूहमा स्वर्ण ।

पुष्पा भण्डारी (एथ्लेटिक्स)
– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण   
– १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ) 
– नवौँ राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कास्य 
– सहारा हाफ म्याराथन स्वर्ण
–  कान्तिपुर हाफ म्याराथनमा रजत
– वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत
– मदन भण्डारी स्मृति रोड रेस पाँच किमि रोड रेसमा रजत ।

Rajpura-Pachhai-(athletics)-1707049832.jpg
राजपुरा पछाई (एथ्लेटिक्स)
– १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक
– १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ) 
– नवौँ राष्ट्रिय खेलकुद महिला पाँच हजार मिटरमा रजत 
– वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण
– कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा स्वर्ण
– नेपालगन्ज म्याराथनको पाँच किमि दौडमा स्वर्ण
– राष्ट्रिय एथलेटिक्समा तीन हजार मिटर दौडमा रजत ।

Shrebee-Maharjan-(triathlon)-1707049885.jpg
श्रेवी महर्जन (ट्रायथलन)
– एसियन कप ट्रायथलन तथा दक्षिण एसियन कप ट्रायथलनमा दक्षिण एसियालीतर्फ रजत   
– नवौँ राष्ट्रिय खेलकुदमा महिला स्प्रिन्टतर्फ रजत ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro