site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा भारतीय त्यसपछि चिनियाँ
फाइल तस्बिर ।

काठमाडौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १०० पर्यटक नेपाल भित्रिएका छन् । अध्यागन विभागले सार्वजनिक गरेको विवरण अनुसार विश्वका १८० देशबाट ती पर्यटन घुम्नका लागि नेपाल आएका हुन् । 

जनवरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) हुँदै नेपाल आउने पर्यटकमा सबैभन्दा ठूलो संख्या भारतीयको रहेको छ । त्यसपछि ठूलो संख्या चिनियाँ पर्यटकको रहेको अध्यागमनको तथ्यांकले देखाउँछ ।

Argakhachi Cement Island Ad

यसअघि नेपाल भित्रने दोस्रो ठूलो पर्यटकको संख्या अमेरिकीहरूको हुने गर्थ्यो । गएको जनवरीमा अमेरिकालाई उछिन्दै चिनियाँ पर्यटक दोस्रो नम्बरमा आएका छन् ।

अध्यागमनको तथ्यांक अनुसार जनवरीमा २४ हजार १३९ भारतीय पर्यटक नेपाल आएका थिए । सोही महिना सात हजार २६७ जना चिनियाँ र सात हजार ४७ जना अमेरिकी पर्यटक नेपाल आएका छन् ।

यस्तै, जनवरीमा थाइल्यान्डबाट चार हजार ६१९, दक्षिण कोरियाबाट तीन हजार ८१२, बंगलादेशबाट तीन हजार ६२९, अष्ट्रेलियाबाट तीन हजार ४२१, बेलायतबाट तीन हजार २७६, भुटानबाट दुई हजार २२९, जापानबाट एक हजार ५६८, जर्मनीबाट एक हजार २८२, म्यानबारबाट एक हजार २२२ र ताइवानबाट एक हजार ६१ जना पर्यटक नेपाल आएका छन् । 

जनवरीमा विभिन्न देशबाट एक लाख २५ हजार ८६५ नेपाली फर्किएका छन् । सोही महिना एक लाख ४२ हजार ८६ जना नेपाली विभिनन देश गएको अध्यागमनले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्