site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी हुँदैन भनेको छ : सभामुख घिमिरे
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसद्‌बाट विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

भोलिदेखि सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरू पारित गर्नुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले पारित गर्नुमात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरू कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने बताए । उनले संसद्को सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताए ।

उनले संसद् क्यालेन्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताए । उनले प्रिबजेट छलफलका लागि कानुनी प्रबन्ध अध्यादेशमाफर्त आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए ।

Global Ime bank

"प्रिबजेटका लागि कानुनी प्रबन्ध अध्यादेशमाफर्त आएको छ । सरकारले बिजनेसको कमी हुँदैन भनेको छ । १८ वटा मन्त्रालयबाट छ भनेको छ । दुई वटा संसद् सचिवालयमा दर्ता भएको छ," उनल भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय