site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले धादिङ अध्यक्षले भने– अधिवेशन स्थगित भएको छैन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले) धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् । अधिवेशनको बन्द सत्र सञ्चालन भइरहेको अवस्थामा अधिवेशन स्थगित भएको भ्रम फैलाइएको दाबी गरेका छन् । 

“नवौँ जिल्ला अधिवेशनको बन्द सत्र सञ्चालन भइरहेको अवस्थामा केही अनाधिकृत उच्छृंखल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा (एमाले) धादिङको गम्भीर ध्यानाकर्षण भएको छ,” त्रिपाठीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भइरहेको व्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु ।” 

माघ १९ गते उद्घाटन भएको अधिवेशनमा धक्कामुक्का भइ कार्यकर्ता सन्तोष खनालको हाँत भाँचिएको भन्दै वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरेका छन् ।
Uml-Dhading-By-1707026444.jpg
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्