site stats
बाह्रखरी :: Baahrakhari
देश
समयमा पहिचान र उपचार भए सबैखाले क्यान्सर निको हुन्छ (भिडियोसहित) 

काठमाडौं । नेपालमा बर्सेनि मृत्यु हुने जनसंख्यामध्ये ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोग रहेको छ, त्यसैमध्येको एक हो क्यान्सर । 

विश्व स्वास्थ्य संगठन अन्तगर्तको ग्लोबोक्यान २०२२ को रिपोर्टअनुसार नेपालमा क्यान्सरका २२ हजार नयाँ बिरामी थपिएका छन् । सोवर्ष १४ हजार ७०० जनाको क्यान्सरका कारण मृत्यु भएको तथ्यांक छ  । 

नियमित स्वास्थ्य परीक्षण नगर्ने बानी र बदलिँदो जीवनशैलीले नेपालमा बर्सेनि क्यान्सर रोगीको संख्या बढ्दै गएको वरिष्ठ कन्सल्टेन्ट क्लिनिकल अंकोलोजिष्ट डा. आरपी बरालले बताए । 

पर्याप्त सचेतना नहुँदा सरकारले निःशुल्क प्रदान गर्ने परीक्षण सेवा लिनेको संख्या समेत अत्यन्तै न्यून छ । पाठेघरको मुखको निःशुल्क परीक्षण सेवा प्रजनन् उमेरका ११ प्रतिशत महिलाले मात्रै लिने गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले देखाएको छ । 

डा. बरालका अनुसार नियमित परीक्षणले क्यान्सरको जोखिमलाई धेरै कम गर्छ । कतिपय क्यान्सर शून्य स्टेजमा पनि पहिचान हुनसक्छ । सुरुआती चरणमा पहिचान हुने हो भने सबैखाले क्यान्सर निको पार्न सकिन्छ । 

Global Ime bank

७० प्रतिशत क्यान्सरका बिरामी तेस्रो र चौँथो चरणमा मात्रै उपचारमा आइपुग्ने गरेकाले क्यान्सरबाट हुने मृत्युको दर बढेको छ । तर, समयमै उपचारमा आइपुग्ने हो भने भारतमा गएर हुने ९५ प्रतिशत क्यान्सरको उपचार अहिले नेपालमै हुने गरेको डा. बरालको दाबी छ ।

पहिचानपछि पनि उपचार खर्च महंगो हुँदा कतिपयले बीचमै उपचार छोड्ने गर्नाले पनि यो दर बढाउन भूमिका खेलेको छ । सरकारले विपन्न नागरिक औषधि उपचारबापत प्रदान गर्ने एक लाख रुपैयाँ क्यान्सरका बिरामीका लागि निकै न्यून रहेको उनको तर्क छ । 

सबैखाले क्यान्सर रोगीलाई उपचारको दायरामा ल्याउन सरकारले बलियो नीतिसहित ‘क्यान्सर कन्ट्रोल सेल’ बनाएर अघि बढ्नुपर्ने उनको सुझाव छ । 

सबैखाले क्यान्सर रोगीलाई उपचारको दायरामा ल्याउन सरकारले बलियो नीतिसहित ‘टोब्याक्को कन्ट्रोल सेल’ बनाएर अघि बढ्नुपर्ने उनको सुझाव छ । प्रस्तुत छ क्यान्सरबारे विविध विषयमा बाह्रखरीकर्मी अस्मिता रिजालले गरेको भिडियो कुराकानी 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu