site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उज्वेकिस्तानलाई पेनाल्टी सुटआउटमा हराउँदै साविक विजेता कतार सेमिफाइनलमा

काठमाडौं । उज्वेकिस्तानलाई पेनाल्टी सुटआउटमा हराउँदै साविक विजेता कतार एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति कतारको अल बायत रंगशालामा भएको खेलमा घरेलु टिमले उज्वेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ ले निराश बनाएको हो । 

पेनाल्टीमा कतारका अक्रम अफिफ, सुल्तान अल–ब्राके र पेड्रो मिगुएलले गोल गरे । कतारबाट दोस्रो प्रहाका लागि आएका अल्मोएज अलीको प्रहारलाई उज्वेकिस्तानका गोलकिपरले विफल बनाएका थिए । यस्तै, कतारबाट तेस्रो प्रहारका लागि आएका अल्महदी अली मुख्तरको प्रहार भने आकासिएको थियो ।

उज्वेकिस्तानबाट पहिलो र तेस्रो प्रहारका लागि आएका ओटाबेक शुक्रुरोभ र सोख्बोज उमारोभले गोल गरेका थिए । तर, उज्वेकिस्तानको दोस्रो, चौथो र पाँचौँ प्रहारमा कतारका गोलकिपर बाधक बने ।

त्यसअघि खेलको निर्धारित र अतिरिक्त समय भने १–१ को बराबरीमा समाप्त भएको थियो । खेलको २७औँ मिनेटमा उज्वेकिस्तानका युटकिर युसुपोभबाट आत्मघाति गोल भएपछि कतारले अग्रता बनाएको थियो । तर, ५९औँ मिनेटमा ओडिलजोन हम्रोबेकोभले गोल गर्दै उज्वेकिस्तानलाई खेलमा फर्काएका थिए ।

जितसँगै सेमिफाइनल प्रवेश गरेको कतारले अब फाइनल प्रवेशका लागि इरानसँग खेल्नेछ ।

इरानले शनिबार राति नै भएको क्वार्टरफाइनलमा प्रतियोगिताकै सबैभन्दा सफल टिम जापानलाई २–१ ले हराउँदै अन्तिम–४ को यात्रा तय गरेको हो ।

कतारको इजुकेसन सिटी रंगशालामा भएको खेलमा इरानलाई जित दिलाउन मोहम्मद मोहेबी र अलिरेजा जहनाबक्सले गोल गरे । जापानका हिडेमासा मोरिताले एक गोल फर्काएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro