site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले धादिङको अधिवेशनमा 'धक्कामुक्का', कार्यकर्ताको हात भाँचियो
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा धक्कामुक्का भएको छ ।  धक्कामुक्काबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ । 

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको थियो । 

KFC Island Ad
NIC Asia

त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का भएको जनाइएको छ ।  

एमाले धादिङ  जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको हो । सोही दिन साँझ बसेको कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज, नीतिगत निर्णयलगायतका विषयमा छलफल भएको थियो ।  हिजो (शनिबार) बन्दसत्रको सुरुआतबाट नै अघिल्लो दिनभन्दा बढी असहज बनेको थियो । 

Royal Enfield Island Ad

बन्दसत्रमा प्रवेश गर्नुअगाडि प्रतिनिधि निक्र्यौल गर्ने विषयमा समेत अन्योलता कायम रहेको देखिएको एमाले नेताहरूले बताएका छन् । त्यति हुदाँहुँदै पनि पटकपटक वार्ता, छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुचारु गर्ने प्रयास गरिएपछि सफल हुन सकेन । परिस्थिति अशान्त र असहज बनेपछि एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले विज्ञप्ति निकालेर जिल्ला अधिवेशन स्थगित भएको बताएका छन् । 

Uml-Dhading-1707019332.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०९:५०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro