site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उनले शनिबार उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायत उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।

Dabur Nepal
NIC Asia

सो क्रममा उनले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताए । आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उनले उल्लेख गरे । उनले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए ।

अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । उदयपुर सिमेन्ट नेपाल सरकारद्वारा सञ्चालित उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा वि.सं. २०४४ जेठ ३१ गते सो उद्योगको स्थापना भएको थियो । उद्योगले उत्पादन गरेको ‘गैँडा छाप’ ब्रान्डको सिमेन्ट नेपाली उपभोक्तामाझ लोकप्रिय छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu