site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट बनाउने तरिका बदल्छौँ : प्रधानमन्त्री 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र्रचण्ड’ले नेपाल सरकारले अबदेखि बजेट बनाउने तरिका बदल्ने बताएका छन् । शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले प्रभावकारी कार्यान्वयनका निम्ति अब सरकारले बजेट बनाउने तरिका बदल्ने बताएका हुन् ।

आउँदो जेठमा आउने आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा तीन करोड रुपैयाँभन्दा कम लागतका योजना संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भइसकेको उनले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको भन्दै उनले पछिल्लो समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको स्पष्ट पारे ।

उनले शान्ति प्रक्रियाका केही काम राजनीतिक दलहरुको सहमतिमा टुंग्याइने उनले गरे ।

Royal Enfield Island Ad

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूत हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्ठा क्षेत्रफलमा साढे दुईतले प्रशासनिक भवन सात करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको रौतामाई गाउँपालिकाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro