site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिड्नीबाट एक करोड ४७ लाख अमेरिकी डलरबराबरको कोकिन बरामद

पेरिस । अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरी बलले सिड्नीको पश्चिमी क्षेत्रबाट दुई करोड २५ लाख अस्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर)बराबरको १५ किलो कोकिन बरामद गरेको जनाएको छ ।

स्थानीय समयानुसार शुक्रबार दिउँसो गुप्तचर प्रहरी डुलविचहिलस्थित घरमा प्रतिबन्धित लागुपदार्थको आपूर्तिबारे सोधपुछका निम्ति पुगेका थिए । घटनास्थलमा पक्राउ पर्नुअघि एक व्यक्तिले गाडीको बुटबाट एउटा झोला निकालेका थिए । अधिकारीहरूले उक्त झोलामा एक किलो कोकिनको ‘ब्लक’ फेला पारेका थिए ।

स्थानीय समयानुसार बेलुका ५ बजेपछि ड्रममोइनस्थित परिसरमा पक्राउ पुर्जी जारी गरी २२ वर्षीय ती युवकलाई नजिकैको प्रहरीचौकीमा लगिएको थियो ।

ग्यारेजमा खानतलासी गर्दा थप १४ किलो कोकिन फेला परेको थियो ।  बरामद कोकिनको कुल मूल्य दुई करोड २५ लाख अस्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर) हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

उनलाई ठूलो व्यावसायिक मात्रामा उक्त प्रतिबन्धित सामान आपूर्ति गरेको दुई अभियोग लगाइएको थियो । उनलाई दुईपटक जमानत दिन अस्वीकार गरिएको छ । उनी अप्रिलमा स्थानीय अदालतमा उपस्थित हुने गरी हिरासतमा रहनेछन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro