site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शान्ति मिसनमा लेबनानमा खटिएका एक नेपाली सेनाको मृत्यु

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यका लागि लेबनानस्थित युनिफिल मिसनमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

मृत्य हुनेमा पुरानो गोरख गण ६४औँ डफ्फामा कार्यरत सिपाही सुवाश थापा रहेका छन् । उनको माघ १८ गते मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

Dabur Nepal
NIC Asia

नेपाली सेनाका अनुसार थापा दोलखा निवासी हुन् ।

थापा उक्त गण मुख्यालयको बङ्करमा स्ट्यान्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागेर घाइते अवस्थामा फेला परेका थिए ।

गण मुख्यालयमा रहेको युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उनको त्यहीँ निधन भएको थियो ।

“स्वर्गीय सिपाही सुवाशको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको छ,” सेनाले जनाएको छ ।

हाल उक्त मिसन तैनाथ रहेको लेबननको सीमावर्ती इलाकामा लडाइँ चलिरहेकाले त्यसको मनोवैज्ञानिक असरका अलवा अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्ने बारेमा बुझ्ने कार्य भइरहेको सेनाले जनाएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति मिसनमा खटिदा ७३ जना नेपाली सेनाको मृत्यु भइसकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro