site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुसी सेनाबाट भागेर आएका राईको दाबी– पाँच सयभन्दा बढी नेपालीको मृत्यु भइसकेको छ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरूलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् । 

सरकारले के गर्दा उनीहरूलाई नेपाल फर्काउन सकिन्छ उक्त  व्यवस्था चाँडो गर्न आग्रह गरेका छन् । रुसी सेनाबाट भागेर नेपाल फर्किएका खोटाङका सुमन राईले नेपालीलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताए । 

Dabur Nepal
NIC Asia

उनले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपाली बाँच्ने अवसर शून्य प्रायः हुने बताए । उनले रुसी सेनाले नेपालीलाई सबैभन्दा अगाडि लगाएर युद्ध गराउने गरेको बताए । 

युक्रेनीहरू क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियालिरहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने गरेको भन्दै उनले रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपालीको मृत्यु भएको बताए । 

उनले अहिलेसम्म सार्वजनिक नभए पनि पाँच सयभन्दा बढी नेपालीले ज्यान गुमाइसकेका बताए । रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तहरूले छिटोभन्दा छिटो उनीहरूलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे । उनीहरूले पैसाकै लोभमा गए पनि सरकारले स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे ।  –न्युज एजेन्सी नेपाल
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro