site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तापक्रम वृद्धि हुँदा कसरी चिसो बढ्यो ?

काठमाडौं । काठमाडौंसहित देशभर बुधबार साँझदेखि मौसममा बदली भएको छ । बदली जारी रहँदा बिहीबार दिनभरजसो काठमाडौंमा घाम लागेन । बदलीसँगै काठमाडौंमा चिसो महसुस भएको छ ।

“काठमाडौंमा आज दिनभर मौसम बदली भएको छ । त्यसैले चिसो भएको छ । बादल लागेर घाम नआउँदा चिसो भएको हो,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बाह्रखरीसँग भने, “आज दिउँसो २ः४५ बजेको काठमाडौंको तापक्रम १५ डिग्री सेल्सियस रहेको छ ।”

बिहीबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.३ डिग्री सेल्सियस थियो । गएको आइतबार (माघ १४ गते) बिहान पौने ९ बजे काठमाडौंको तापक्रम २.१ डिग्री सेल्सियस थियो । महाशाखाका अनुसार, उक्त तापक्रम काठमाडौंमा यो वर्ष आजसम्मकै कम हो ।

तर, त्यो दिनभन्दा बुधबार र बिहीबार दिउँसो काठमाडौंमा बढी चिसो महसुस भएको छ । यसको कारण दिनभर मौसममा बदली हुनु नै रहेको मौसमविद् झाको भनाइ छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र वर्षा भएका कारण पनि चिसो भएको उनी बताउँछन् । उनका अनुसार, अहिले सुदूरपश्चिम र गण्डकी प्रदेशका केही भूभागमा वर्षा र हिमपात भइरहेको छ । कोसी प्रदेशमा पनि वर्षा भइरहेको छ ।

“काठमाडौंमा भए पनि छिटपुट वर्षा मात्रै हुनेछ । माटो भिजाउने गरी काठमाडौंमा वर्षा हुने छैन,” उनले भने ।

शुक्रबार (भोलि)देखि मौसम क्रमिक रूपमा खुल्दै जाने उनले बताए । “भोलिबाट मौसममा केही सुधार हुनेछ । तर, पूरै खुल्ने भन्ने होइन । आजभन्दा केही खुल्दै जाने हो,” उनले भने, “यद्यपि, भोलि पनि चिसो नै हुनेछ ।”

भोलिदेखि यो वर्षको जाडो हट्न सुरु हुने हो भन्ने जिज्ञासामा मौसमविद् झा भन्छन्, “होइन, यो वर्षको जाडो भोलिबाट हट्छ भन्ने होइन । यो प्रणालीअन्तर्गत भोलिबाट वर्षा र हिमपात कम हुन्छ भन्ने मात्रै हो । अर्को कुनै प्रणाली आएर फेरि चिसो बढ्न सक्छ ।”

हिउँदयाम नसकिएकाले अर्को कुनै प्रणाली भित्रिएर चिसो थप बढ्न सक्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro