site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रोहिंग्या शरणार्थी सवार अर्को डुंगा इन्डोनेसियामा अवतरण
फाइल तस्बिर : एएफपी ।

बन्दा आचेह । १०० भन्दा बढी रोहिंग्या शरणार्थी बोकेको एउटा डुंगा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा बढी आगमनको हिस्सा हो ।

अधिकांश मुस्लिम रोहिंग्याले म्यानमारमा ठूलो उत्पीडनको सामना गर्नुपरेको छ । प्रत्येक वर्ष हजारौँ मानिस मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा प्रायः कमजोर डुंगामा आफ्नो ज्यान जोखिममा राखेर लामो र महँगो सामुद्रिक यात्रा गर्छन् ।

राष्ट्रसंघीय शरणार्थी एजेन्सीका सुरक्षा सहयोगी फैसल रहमानले बिहीबार बिहान पूर्वी आचेहमा कुआला पारेक गाउँको किनारमा डुंगा अवतरण भएको पुष्टि गरे । उनले शरणार्थीको यकिन संख्या ‘अझै पुष्टि हुन बाँकी रहेको’ तर स्थानीय अधिकारीले १३७ शरणार्थी आएको अनुमान गरेको बताए ।

Dabur Nepal
NIC Asia

राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म अधिकांश महिला तथा बालबालिकासहित एक हजार ७५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् ।

अति रूढिवादी इन्डोनेसियाली क्षेत्रमा अल्पसंख्यक समूहप्रतिको भावनामा परिवर्तनका कारण केही डुंगालाई समुद्रमा फिर्ता पठाइएको छ । आफैँमा दशकौँको रक्तपातपूर्ण द्वन्द्वको सम्झनामा रहेका धेरै आचेनी आफ्ना मुसलमान साथीहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् ।

यद्यपि, अरूले आफूहरूको धैर्यको परीक्षा भइसकेको बताएका छन् । रोहिंग्याले दुर्लभ स्रोतको उपभोग गर्ने र कहिलेकाहीँ स्थानीय बासिन्दासँग झगडा गर्ने उनीहरूले दाबी गरेका छन् ।

डिसेम्बरमा आचेह विश्वविद्यालयमा सयौँ विद्यार्थीले १०० भन्दा बढी रोहिंग्या शरणार्थीका निम्ति अस्थायी आश्रयस्थलमा आक्रमण गरी उनीहरूलाई स्थानान्तरण गर्न बाध्य पारेका थिए ।

इन्डोनेसिया संयुक्त राष्ट्रसंघीय शरणार्थी महासन्धिको हस्ताक्षरकर्ता होइन र उसले आफूलाई म्यानमारबाट शरणार्थी लिनका लागि बाध्य बनाउन नसकिने जनाएको छ ।

राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार, तीन हजार ५०० भन्दा धेरै रोहिंग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूमा जोखिमपूर्ण यात्राको प्रयास गरेको विश्वास गरिन्छ । खतरनाक सामुद्रिक यात्रा पार गर्ने प्रयास गर्दा सो वर्षको प्रारम्भदेखि करिब एक हजार रोहिंग्या मारिएको वा बेपत्ता भएको अनुमान गरिएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro