site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कर प्रशासनमा चार्टर्ड एकाउन्टेनलाई प्रवेश गराउन सकारात्मक छु : अर्थमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउन्टेनलाई प्रवेश गराउन आफू सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्स संस्थाको २७औँ वार्षिकोत्सव एवं छैटौँ दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले चार्टर्ड एकाउन्टेनले पेसागत कर्तव्य पालना गर्ने सिलसिलामा लोभलालसा अथवा डरधम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन गरे सुशासन सुनिश्चित रहेको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समाधान गरिने बताए ।

“...लेखा र चार्टडमा ठिक हुनेबित्तिकै धेरै कुरा ठिक ठाउँमा आउँछ । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन टेक्निकल इररको कारण हो, कुन सिरियस समस्या छ, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ,” उनले भने ।

मन्त्री महतले देशको अर्थतन्त्रले विस्तारै लय लिएको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro