site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कपबाट पुलिस, आर्मी, वाग्मती र मधेस इलाइट कपमा छनोट, एपीएफ बाहिरियो

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट शीर्ष चारमा रहँदै नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, वाग्मती र मधेस प्रदेश इलाइट कपमा छनोट भएका छन् ।

बुधबार भएको खेलमा कर्णाली र पुलिसले जित निकालेसँगै प्रतियोगिताको शीर्ष चारमा रहने चार टिमको टुंगो लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशसँग २१ रनको हार बेहोरेपछि विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब भने शीर्ष चारमा अटाउन सकेन ।

Dabur Nepal
NIC Asia

बुधबारको खेलमा कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफले ४४ ओभरमा सबै विकेट गुमाएर १८५ रनमात्र बनाउन सक्यो ।

एपीएफका ओपनर आसिफ सेखले शतक बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ११२ बलमा १० चौका र दुई छक्कासहित १०८ रन बनाएका थिए । यसबाहेक, अमरसिंह रौटेलाले २८, कप्तान रोहितकुमार पौडेलले १४ र लोकेश बमले ११ रन बनाए । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीका प्रकाश जैसीले चार विकेट लिए । घातक बलिङ गरेको प्रकाशले तीन ओभरमा दुई मेडन फ्याक्दै नौ रनमात्र खर्चिए । दीपेन्द्र रावत र युनिस सिंहले समान दुई विकेट लिए । दीनेश अधिकारी र दीवन पुनले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कर्णालीले ४४.१ ओभरमा सबै विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको थियो ।

यो जितका बावजुद कर्णालीले भने शीर्ष चारमा स्थान बनाउन सकेन । नौ खेलबाट आठ अंक जोडेको कर्णालीले तालिकाको सातौँ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । यो हारबाट शीर्ष चारमा पुग्न नसकेको एपीएफ भने नौ खेलबाट १० अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ ।

आजै भएको अर्को खेलमा पुलिसले अपराजित यात्रा कायम राख्ने क्रममा लुम्बिनी प्रदेशविरुद्ध १०३ रनको फराकिलो जित निकाल्यो ।

पुलिसले प्रस्तुत गरेको २४५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ३६.३ ओभरमा सबै विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।

जितसँगै आठ खेलबाट १६ अंक जोडेको पुलिस तालिकाको शीर्ष स्थानमा छ । नौ खेलबाट दुई अंक जोडेको लुम्बिनीले भने तालिकाको नवौँ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।

आजको यी दुई खेलपछि प्रधानमन्त्री कपबाट पुलिसले शीर्ष, आर्मीले दोस्रो, वाग्मतीले तेस्रो र मधेसले चौथो स्थानमा रहँदै इलाइट कपमा स्थान बनाएका हुन् ।

इलाइट कपलाई क्यानले वार्षिक क्यालेन्डरमा समावेश गरे पनि मिति संरचना भने तय भइसकेको छैन । क्यालेन्डर सार्वजनिक कार्यक्रममा क्यानका सचिव पारस खड्काले प्रतियोगिता दुई वा तीन दिने संरचनामा हुने बताएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro