site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेबसाइट ह्याकबारे त्रिविले भन्यो– डाटा सुरक्षित छ, समाधानमा लागेका छौँ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रक कार्यालयको वेबसाइटमा आएको समस्या समाधानका लागि काम भइरहेको बताएको छ ।

चाँडोभन्दा चाँडो समस्या समाधानका लागि काम भइरहेको परीक्षा नियन्त्रक कार्यालयका सूचना प्रविधि (आईटी) प्रमुखले बताएका छन् ।

आज बुधबार दिनभरी नै वेबसाइटमा आएको समस्याका लागि काम भएको आईटी प्रमुख दीपकबहादुर शाहीले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

टीयूइक्जामडटईडीयूडटएनपी वेबसाइट रिडाइरेक्ट हुने समस्या मात्रै नभएर भित्र फाइल सिस्टममा पनि समस्या देखिएको उनले बताए ।

बाह्रखरीसँग उनले भने, “सुरुमा हामीलाई रिडाइरेक्ट मात्रै हुने समस्या हो कि भन्ने लागेको थियो । तर, भित्र मोड्युल सिस्टममा र अन्य फाइलहरूमा पनि ‘हिट’ भएको छ ।”

Royal Enfield Island Ad

वेबसाइट ह्याक गर्ने काम कसले गर्‍यो र कहाँबाट भयो भन्ने कुरा पत्ता नलागिसकेको उनले बताए । समस्याबारे थाहा भइनसकेको उनको भनाइ छ ।

वेबसाइटको ‘फ्रन्टइन्ड’ र डोमेन रिडाइरेक्ट हुने समस्या आएको तर सम्पूर्ण डाटा अहिलेसम्म सुरक्षित रहेको उनको भनाइ छ ।

“डाटाहरू भने सबै सुरक्षित छ । ठ्याक्कै समय तोकेर भन्न सक्दैनौँ तर चाँडोभन्दा चाँडो समाधानका लागि हामी लागि परेका छौँ,” आईटी प्रमुख शाहीले भने ।

मंगलबार रातिदेखि नै समस्या देखिएको थियो । बुधबार पनि कुनै बेला वेबसाइट खुल्ने र फेरि समस्या देखिने क्रम जारी थियो ।

अहिले वेबसाइट खोल्दा निमार्णको क्रममा रहेको सन्देश होमपेजमा देखिन्छ । यो समाचार तयार पार्दा ‘वेबसाइट निमार्णको क्रममा छ’ भन्ने सन्देश वेबसाइटको होमपेजमा राखिएको छ । त्यसअघि उक्त वेबसाइटको यूआरएल खोल्दा एउटा फेसबुक अकाउन्टमा रिडाइरेक्ट भइरहेको थियो ।

वेबसाइट बनाउने कम्पनी ‘वान अप कम्युनिकेसन’ले भने समस्या समाधानका लागि प्रयास गरिरहेको जानकारी दिएको छ ।बाह्रखरीले गरेको सम्पर्कमा कम्पनीले काम भइरहेको र भोलिसम्म वेबसाइटमा देखिएको समस्या समाधान हुने बताएको छ ।तर, कम्पनीले समस्या के हो र कसरी देखियो भन्नेबारे थप विवरण दिएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro