site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योग संगठनमा तेस्रो चरणका स्टार्टअपका योजना प्रस्तुत

विराटनगर । उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम अन्तर्गतका तेश्रो चरणका १८ सहभागीले आफनो आइडिया प्रस्तुत गरेका छन् । 

स्टार्टअप उद्यमीहरूले आफनो अवधारणा तथा व्यवसायका बारेमा लगानीकर्ता एन्जल इन्भेष्टर, व्यावसायिक सेवा प्रदायक, मेन्टर तथा समितिका सदस्यहरूसमक्ष आफ्नो प्रस्तुती गरेका थिए । संगठनले वितग तीन वर्षदेखि सञ्चालन गर्दै आएको यस कार्यक्रमको पहिलो चरणमा १७ र दोश्रो चरणमा १३ जना स्टार्टअपहरू ग्राजुएट भइसकेका छन् । 

Dabur Nepal
NIC Asia

संगठनले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालनमा ल्याएको कार्यक्रमको माध्यमबाट युवालाई स्वदेश मै उद्यमशिलता विकासतर्फ अभिप्रेरित गर्नुरहेको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । 

उनले भने, “नवीन व्यावसायिक अवधारणा भएका युवाहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो । उद्यमशिलता रुपान्तरणका लागि मेन्टरहरूका माध्यमबाट आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवाहरु उपलब्ध गराइरहेका छौँ । वित्तीय व्यवस्थापन समेत संगठनले गरिदिँदै आएको अध्यक्ष सुरानाले जानकारी दिए । 

अहिले युवा पलायन सबै क्षेत्रका लागि चिन्ताको विषय भएको बताउँदै उनले स्वदेश मै व्यवसायीक विकासको अवसर प्रदान गर्नु सबैको दायित्व भएको बताए । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले युवा उद्यमशिलता विकासका सन्दर्भमा महानगरपालिका सदैव हातेमालो गर्न तत्पर रहेको बताए । 

“तेश्रो चरणका १८ मध्ये उत्कृष्ट तीनजनालाई महानगरपालिकाको तर्फबाट सहयोग गर्नेछौँ,” उनले भने, “शून्यबाट सुरु गरेर शिखरसम्म पुग्नुपर्छ । युवाले आफूहरूमा निहीत सीपको व्यावसायिक विकासमा सक्रिय हुनुपर्छ ।” 

संगठनको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले विश्वका उदीयमान स्टार्टअपहरूमा युवा वर्गको वर्चश्व रहेको बताए । तेस्रो चरणका स्टार्टअपहरूलाई व्यावसायिक मोडलका रूपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, मानव संशाधन व्यवस्थापन लगायतका विषयमा परामर्श प्रदान गरिने बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro