काठमाडौं । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग साझेदारी गरको छ ।
बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनअन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको हो ।
उक्त साझेदारीअन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम ‘एसएक्ससी सेन्डबक्स’लाई प्रयोजन गरेको हो ।
‘एसएक्ससी सेन्डबक्स’ एक आईटीसम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो । जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधिसम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गरेको बैंबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कलेजसँग आन्तरिक कार्यक्रम ‘एसएक्ससी सेन्टबक्स’लाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभिन्न आन्तरिक तथा ग्राहकमुखी इनोभेसनसम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्नेछ ।