site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु

विराटनगर । कोसी प्रदेश सरकारको सहयोगमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेर निःशुल्क उपचार गराउने प्रबन्ध गरेको थियो । 

Argakhachi Cement Island Ad

स्वास्थ्य सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट सोमबार अ‍ौपचारिक रूपमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा शुभारम्भ गरेकी छन् । 

“प्रदेश सरकारको निःशुल्क उपचार सेवा कोसी प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन्” उनले भनिन्, “निःशुल्क उपचार सेवा लिन बालबालिका बिरामी हुने बित्तिकै नजिकको स्वास्थ्य चौकीमा उपचार गराउन लग्ने तर, त्यहाँ नभएपछि नजिकको अस्पतालमा रेफर भएपछि अस्पतालमा पनि उपचार सम्भव नभएको अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित यी तोकिएको अस्पतालमा उपचारका लागि आउनुपर्छ ।”

निःशुल्क आकस्मिक सेवा (इमेर्जेन्सी सेवा) लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकोटाले बताइन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बिमाले तोकेबमोजिमको अ‍ौषधि समेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको जानकारी दिइन् ।

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर त्यहाँ पनि बालबालिकालाई निःशुल्क उपचार सेवा शुभारम्भ भएको जानकारी दिइन् । 

मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मानवीय विकासका लागि चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको प्रबन्ध गरेका थिए ।  

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्