site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्री एयरलाइन्सले गर्‍यो नेपालगन्जबाट कैलाश मानसरोवरमा पर्वतीय उडान

काठमाडौं । श्री एयरलाइन्सले नेपालगन्जबाट चीनको तिब्बतस्थित कैलाश मानसरोवरमा पर्वतीय उडान गरेको छ । श्री एयरलाइन्सको सीआरजे नाइनएन एमबी विमानले नेपालगन्ज विमानस्थलदेखि मानसरोवर पर्वतीय उडान सुरु गरेको हो ।

नेपाली भू–भागबाट यसरी उडान गरेको यो नै पहिलो रहेको श्री एयरलाइन्सले जनाएको छ ।

क्याप्टेनद्वय प्रफुल्ल वैद्य र राजेश श्रेष्ठको नेतृत्वमा चालक दलका पाँच र ४४ यात्रु लिएर उडान गरिएको थियो । टेम्पल ट्रिप ग्रुप भारत र सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगन्जको सहकार्यमा कैलाश मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिटको उचाइबाट गरिएको हो ।

नेपालगन्जबाट नेपाली, भारतीय, अरू विदेशी धार्मिक पर्यटक आकर्षित गर्न सकिने श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए । यसबाट आर्थिक गतिविधिमा समेत महत्त्वपूर्ण उपलब्धि हुने उनको विश्वास छ ।

नेपालगन्जबाट कैलाश मानसरोवर दर्शन गराउँदै काठमाडौंमा ल्याएर पशुपतिनाथ दर्शन गराउने योजना रहेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro