site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निफको जुरीमा प्रदीप, दीया र किशोर

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्यलाई मनोनीत गरिएको छ ।

निफका अध्यक्ष केपी पाठकले प्रदीप फिचर फिल्मतर्फ, दीया सर्ट तथा डकुमेन्ट्रीतर्फ र किशोर डनकिहोटे अवार्डको निर्णायक रहने तय गरिएको जानकारी गराए ।

प्रदीप र दीया गत वर्षको संस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्रीतर्फका विजेता हुन् । दुवैले दर्जन हाराहारी चलचित्रमा अभिनय गरेका छन् । किशोरले अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेका थुप्रै नेपाली चलचित्रमा साउन्ड डिजाइनरको भूमिका निर्वाह गरेका छन् ।

आउँदो चैत १ देखि ५ गतेसम्म काठमाडौंमा हुने निफमा तीन विधामा तीन सदस्यीय जुरी रहनेछन् । नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लगाइएको हो । विदेशीबाट सहभागी हुने जुरीको नाम केही समयमा नै सार्वजनिक गरिने अध्यक्ष पाठकले जानकारी गराए ।

निफका अध्यक्ष पाठकले अघिल्लो सालका विजेताहरू महोत्सवका ब्रान्ड एम्बेस्डर पनि भएकाले निर्णायकको भूमिका निर्वाह गर्न आग्रह गरिएको बताए । उनीहरूले स्वीकार गरेसँगै नेपालतर्फका निर्णायकको टुंगो लागेको उनको भनाइ छ ।

यो वर्षको संस्करणमा ४० देशका ८८ लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन गरिनेछ । महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro