site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
सन्दुक रुइतलाई प्रश्न– मेनुका पौडेलले डिभाइसमार्फत् देख्ने भनेजस्तो प्रविधि विकास भइसकेको हो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायिका मेनुका पौडेल यतिबेला इन्डियन आइडलमा छन् । उनी इन्डियन आइडलको जारी १४औं संस्करणको टप १० मा प्रवेश गरिसकेकी छन् । 

संगीतका सुरमा आफ्नो गायन कला भर्न माहिर मेनुकाले नेपालमा मात्रै होइन भारतीय संगीत र सिनेमा उद्योगमा पनि आफ्नो गायकीको छाप छोडिरहेकी छन् । 

उनको गायनको खुलेर प्रशंसा भइरहेको छ । स्वरले साथ दिए पनि मेनुकालाई आँखाको दृष्टिले भने धोका दियो ।  तर, यही समय भारतीय सञ्चारमाध्यमहरूले उनले थोरै भए पनि देख्न थालेको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

इन्डियन आइडलको मञ्चमै मेनुकाका आँखाको जाँच गरिएको देखाइएको थियो । त्यहीँबाट यो खबर प्रवाह भएको थियो । 

इन्डियन आइडलका अनुसार उनको आँखामा एक यस्तो डिभाइस राखिनेछ, जसले उनले लेखेको कुरा हेरेर पढ्न सक्नेछिन् ।  आफ्नो अगाडि आएको व्यक्ति को हो भनेर सेन्सरमार्फत् चिन्नेछिन् । 

Global Ime bank

भलै उनले सामान्य मान्छेले जस्तो देख्न भने सक्ने छैनन् । यसका लागि इन्डियन आइडलले सघाउने जनाइएको छ ।  भारतीय सञ्चारमाध्यमले दाबी गरेजस्तो जन्मजात दृष्टि गुमिसकेको व्यक्तिले देख्नसक्ने प्रविधि विकास भएको छ ?  

नेत्र विशेषज्ञ डा. सन्दुक रुइत त्यस्तो प्रविधिको विकास नभएको बताउँछन् ।  “अहिलेसम्म कुनै त्यस्तो डिभाइसको विकास भएजस्तो मलाई लाग्दैन । यदि त्यस्तो डिभाइस भएको भए थाहा हुनुपर्ने हो । तर अहिलेसम्म हाम्रो जानकारीमा आएको छैन,” डा. रुइत बाह्रखरीसँग भन्छन्, “यस्तो प्रविधिको विकास भएको भए अहिलेसम्म लाखौँले फाइदा लिइसक्थे । धेरै राम्रो पनि हुनेथियो ।” 

ओपन प्लेटफर्मबाट धेरै कुरा आइरहेको भन्दै सबै कुरामा सत्यमा नहुने उनी स्पष्ट पार्छन् ।  लो भिजन भएका व्यक्तिलाई एआई प्रविधिमार्फत त्यसमा न्यून मात्रामा भिजन एड गर्न सकिने भए पनि भिजन शून्य भएको अवस्थामा यसले पनि काम नगर्ने डा. रुइत बताउँछन् । 

तिलगंगा आँखा प्रतिष्ठानकी नानीरोग विशेषज्ञ डा. वन्दना खनाल पनि दाबी गरिएजस्तो प्रविधि प्रयोगमा आइसकेको आफूलाई जानकारी नएको बताउँछिन् । 

“कुनै पनि डिभाइसमार्फत् आँखाको ज्योति फर्किने भन्ने हुँदैन । जन्मजात नसा सुकेर गुमेको दृष्टि अहिलेसम्म कुनै पनि उपचारले फर्काउन सकेको छैन,” वन्दना बाह्रखरीसँग भन्छिन्, “सेन्सरमार्फत् थाहा थाहा पाउने वा देख्ने डिभाइसको अन्तर्राष्ट्रियस्तरमा ट्रायल भइरहेको सुनिएको छ । तर सफल भएर प्रयोगमा आएको सुनेको छैन ।” 

नसा प्रत्यारोपणमार्फत् दृष्टि फर्काउने प्रयास भए पनि हालसम्म सफल नभएको उनको भनाइ छ ।       

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement