site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कंगोमा बम विस्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कंगो । लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

मार्च २३ आन्दोलनका विद्रोहीहरूले १२० भन्दा बढी गोलाबारी प्रहार गरी गरेको आक्रमणमा १९ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको बताइएको छ ।

अधिकारीहरूले उक्त आक्रमणलाई आतंकवादी कार्य र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन मानेका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा पूर्वी कंगोमा उच्च स्तरको हिंसा र विस्थापनका कारण मानवीय संकट अझै बिग्रिएको छ ।

सन् २०२१ को अन्त्यमा पुनःरुत्थान भएको विद्रोही समूहले द्वन्द्व र मानवीय संकट निम्त्याएको छ र कंगोको भूमिमा प्रमुख किल्लाहरू कब्जा गरेको छ ।

यसैबीच, गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघका एजेन्सीहरूले बिहीबार देशभरका बाढी पीडितहरूका लागि लगभग ३६ लाख अमेरिकी डलर परिचालन गरेका छन् ।

विपद् राहत कोष कंगोमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूका संयोजक क्रिस एमबुरुले सामाजिक मामिला, एकता तथा मानवीयकार्यमन्त्री इरेन मेरी सिसिल एमबुकोउ–किम्बाट्सालाई हस्तान्तरण गरेका थिए ।

लिकौला, प्लेटक्स, क्युभेट र पुल गरी चारवटा विभागहरूका लागि बनाइएको कोषले स्थानीय सरकारलाई पानी, सरसफाई, स्वास्थ्य र खाद्य सुरक्षाको समस्या सामना गर्न सक्षम बनाउनेछ ।

कंगोमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले बाढी पीडितहरूका लागि आपतकालीन मानवीय प्रतिक्रियामा सरकारलाई सहयोग गर्न ३६ लाख जारी गरेको एमबुरूले  बताए ।

राष्ट्रव्यापी भारी वर्षाका कारण आएको बाढीबाट कम्तीमा २३ जनाको मृत्यु भएको सरकारी प्रवक्ता थिएरी मोंगाल्लाले बताएका छन् । 

बाढीका कारण कूल तीन लाख  ३६ हजार ५६० जना मानिस प्रभावित भएका थिए । तीमध्ये ६ हजार १७८ जना विस्थापित भएका थिए । बाढीले प्रभावित क्षेत्रका २६ वटा स्वास्थ्य केन्द्र १२० वटा  विद्यालय र करिब ६४ हजार घरहरूमा पूर्णरुपमा क्षति पुर्‍याएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro