site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘नाटक मासिन्या तामाङ समुदायको उत्पीडनको कथा हो’

काठमाडौं । नाटक ‘मासिन्या’को विशेष मञ्चन गरिएको छ । थापागाउँस्थित मण्डला थिएटरमा ‘मासिन्या’को बुधबार विशेष मञ्चन गरिएको हो । 

नाटकमा तामाङ समुदायले भोग्दै आएको उत्पीडनको कथालाई प्रस्तुत गरिएको छ । त्यसैमा समुदायको जीवनपद्धति, संस्कृति, प्रकृति र परिवेश नाटकमा देख्न सकिन्छ ।

तामाङ समुदायमाथि हुने गरेका विभेदको जीवन्त प्रस्तुति नाटकमा रहेको विशेष मञ्चनमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । “यो नाटकमात्र होइन पीडा हो । यसलाई युवा पुस्ताले बुझ्नुपपर्छ”, उनले भने, “यस्तो पीडाविरुद्धमा संघर्ष गर्नुको उपाय छैन । यो देशभरी देखाउनुपर्छ र आफ्नो अधिकार र पहिचानको लागि संघर्ष गर्नुपर्छ ।” 

नाटकले सडकमा उभिएर आन्दोलन र भाषण गरेभन्दा पनि शक्तिशाली सन्देश दिएको तर्क गर्दै आदिवासी अभियन्ता आंकाजी शेर्पाले सम्पूर्ण तामाङ समुदाय र विश्वभर आदिवासीमाझ यसलाई पुर्याउन आह्वान गरे । 

ताम्सालिङ संघर्ष समितिका सदस्यसचिव तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले नाटकलाई अभियानकै रूपमा सम्भव भएसम्म सातवटै प्रदेशमा पुर्याउने बताए । 

राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । 

नाटक बिहीबारदेखि माघ २८ गतेसम्म मञ्चन हुनेछ । नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनील तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, रविन दोङ, विकास लामा, इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउदलगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro